म कुनै पार्टीमा प्रवेश गरेको छैन : दीपकराज गिरी



काठमाडौं ।

कलाकार दीपकराज गिरीले आफू कुनै पार्टीमा नलागेको बताएका छन् । गिरीले आफू माओवादीमा प्रवेश भएको समाचारको हेडलाइन आएको र त्यसलाई हेरेर फोन र म्यासेज आएर हैरान भएकोसमेत बताएका छन् ।

शुक्रबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले माओवादीमा प्रवेश भनेको हेडलाइन मात्रै हेरेर फोन र म्यासेज आएर हैरान परेको लेखेका छन् । ‘म कहिँ गा छैन म कुनै एक पार्टीको होइन सबै पार्टीको हूँ’ गिरीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्