रग्बी रंगशालाका लागि सहयोग



काठमाडौं, (नेस) ।

भक्तपुरको चाँगुनारायणस्थित भंगेरी डाँडामा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको रग्बी तथा बहुउद्देश्यीय रंगशाला निर्माणका लागि आर्थिक सहयोग उपलब्ध भएको छ ।

चाँगुनारायण नगरपालिकाले माटो ‘कटिङ र फिलिङ’ का लागि ४२ लाख र पर्खाल लगाउन २५ लाख उपलब्ध गराउने भएको छ । सोसम्बन्धी सम्झौता पत्रमा चाँगुनारयाण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र र स्थानीय उपभोक्ता समितिबीच हस्ताक्षर भएको छ ।

त्यस्तै, प्रदेश सांसद प्रतिमा श्रेष्ठले पनि निर्वाचन क्षेत्र विकास कोषबाट ३५ लाख उपलब्ध गराएकी छन् । भक्तपुर जिल्ला खेलकुद विकास समितिका नि वर्तमान अध्यक्ष श्रीभक्त कासीछ्वाको पहलमा रंगशाला निर्माण कार्य अगाडि बढेको बताइएको छ । भंगेरी डाँडामा १ सय ३२ रोपनी जग्गा रंगशालाका लागि उपलब्ध गराइएको छ । रंगशाला निर्माणका लागि ५५ करोड लागत लाग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्