फोर्स गुर्खा नेपाली बजारमा



काठमाडौं (नेस) ।

फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी गुर्खा नेपाली बजारमा विक्री वितरण शुरू गरेको छ । ‘ग्राउण्ड–अप मोडुलर आर्टिटेक्चर प्लेटफर्म’ मा निर्मित उक्त गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी–वागनलाई प्रतिबिम्बित गरेको छ ।

लामो र चौडा बनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी रहेको कम्पनीले जनाएको छ । चारै जना यात्रुको लागि क्याप्टेन सिटलगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५ सय लिटरको बुट स्पेसको व्यवस्था छ ।

मर्सिडिज निर्मित २६ सय सिसि इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा (सेग्मेंट) एकमात्र यस्तो गाडी हो जुन बिना कुनै समस्या तीन अंकको गतिमा हाइवेमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७ सय मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्छ । त्यस्तै, यसमा रहेको एअर इन्टेक स्नोर्कल र चारैवटा पाङ्ग्रामा भएको लक पनि अन्यभन्दा विशेष प्रकारको रहेको छ ।

पाँचवटा विभिन्न आकर्षक रंगहरूमा उपलब्ध गुर्खाको वारेन्टी ३ लाख किमि वा ३ वर्ष रहेको छ । साथै ग्राहकले चार पटकसम्म निःशुल्क सर्भिसिङ सेवा प्राप्त गर्ने छन् । दक्ष र अनुभवी जनशक्ति तथा अत्याधुनिक पूर्वाधारसहित द गोर्खा २०२१ को अधिकृत विक्रेताले ग्राहकहरूलाई उच्चभन्दा उच्च सेवा र सुविधा प्रदान गर्नेछ ।

‘शक्ति, क्षमता एवम स्टाइलमा सर्वोत्कृष्ट फोर्स गुर्खा नेपालका बाटोहरूलाई अन्त्यन्त उपयुक्त छ’, आयाम इन्टरकन्टिनेन्टल प्रालि का अध्यक्ष ध्रुव थापा बताउनुहुन्छ । आयाम फोर्स मोटर्सको लागि नेपालको आधिकारिक विक्रेता हो ।

प्रतिक्रिया दिनुहोस्