प्रधानमन्त्री देउवा शुक्रबार भारत जाँदै, यस्तो छ तीन दिनको भ्रमण तालिका



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत जाने भएका छन्। भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाको औपचारिक भ्रमणबारे पुष्टि गरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्राणामा पत्नी आरजुसहित प्रधानमन्त्री देउवाले नेपाली टोलीको नेतृत्व गर्दै छिमेकी देश भारत जान लागेका हुन् ।

भारत रहँदा प्रधानमन्त्री देउवाले वाराणासी र उत्तर प्रदेशको भ्रमण गर्ने विज्ञप्तिमा उल्लेख छ।  परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै भ्रमणको पुष्टि गरेको छ। विज्ञप्तिअनुसार प्रधानमन्त्री देउवा र समकक्षी नरेन्द्र मोदीबीच शनिबार हैदरवाद हाउसमा द्विपक्षीय वार्ता हुने छ। भारतीय प्रधानमन्त्री मोदीले सम्मानसहित नेपाली भ्रमण टोलीलाई सोही दिन दिवा भोज आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्