धादिङ उद्योग वाणिज्य संघमा थपलिया निर्वाचित



धादिङ ।

धादिङ उद्योग वाणिज्य संघको अधिवेशनले विष्णुप्रसाद थपलियालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । १ हजार ७ सय ९१ सदस्य रहेको धादिङ उद्योग वाणिज्य संघको अधिवेशन चैत १० गते शुरु भएको थियो ।

लामो समयदेखि माओवादी कार्यकर्ताहरूले नेतृत्व गरेको उद्योग वाणिज्य संघमा यस पटक नेपाली कांग्रेस समर्थक उम्मेदवार निर्वाचित हुनुभएको हो । निर्वाचन हुँदा सबै ‘सेट’ नै पराजय हुने अवस्था आएपछि सर्वसम्मत रूपमा थपलिया निर्वाचित हुनुभएको थियो ।

उद्योग वाणिज्य संघको विधान संशोधन गरी उपाध्यक्ष र पदाधिकारी संख्या बढाइएको थियो । धादिङ उद्योग वाणिज्य संघको पदाधिकारी र सदस्यहरू पार्टी अनुसार भागवण्डा गरी सर्वसम्मत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्