दार्चुलामा ट्याक्टर दुर्घटना, एक जना घाइते



न्युज अफ नेपाल, दार्चुला ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ धामीगाडामा शनिबार बिहान १० बजेतिर ट्याक्टर दुर्घटनामा परेको छ ।सडकको काम गरिरहेको कन्स्ट्रक्सनको ट्याक्टर दुर्घटनामा परेको दार्चुलाका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए ।

पारस ओडले चलाइरहेको से१त ५४९६ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी एक सय मिटर तल खसेको छ । दुर्घटनामा परेर ट्याक्टरमा सवार बासुदेब जोशी घाइते भएका छन् ।

दुर्घटनापछि उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा ल्याइएका जोशीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । चालक ओड प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको निमित्त प्रहरी प्रमुख विश्वकर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्