आज मधेस प्रदेशसभा बैठक बस्दै



काठमाडौं ।

यसअघि चार – चार पटक स्थगित भएको मधेस प्रदेशको प्रदेशसभा बैठक आजबाट सुरु हुँदै छ । गत १ फागुनमा बोलाइएको बैठक विविध कारण देखाउँदै यसअघि चार पटक स्थगित हुन पुगेको आजको बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमा छलफल हुनेछ ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतकुमार साहका अनुसार कृषि तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत हुने कार्यसूची छ । गत ९ चैतमा बोलाइएको बैठक विशेष कारण बस बस्न नसकेको उल्लेख गर्दै सचिव रञ्जितकुमार यादवले ११ चैत दिउँसो २ बजेका लागि सभामुख सरोजकुमार यादवको निर्देशनमा आह्वान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्