सानिमा बैंक अब मिर्चैयामा



काठमाडौं (नेस) ।

सानिमा बैंकले सिरहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रूपमा गर्नुभयो ।

उद्घाटन समारोहमा मह जोडीले मिर्चैयामा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।

त्यसै गरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बंैकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्