पार्टीको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवा नजाने



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा नजाने भएका छन्। स्थानीय तह केन्द्रित चुनावी अभियान घोषणा गर्न पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी सभापति एव‌ं प्रधानमन्त्री देउवा नजाने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले अन्नपूर्णलाई बताए।

कार्यक्रममा यसअघि प्रधानमन्त्री देउवा जाने बताइएको थियो। मुख्यसचिव पौडेलका अनुसार पत्रकार सम्मेलनमा उपसभापतिहरू,महामन्त्रीहरूलगायत पार्टीका शीर्ष नेताको उपस्थिति रहनेछन्।

कांग्रेसले स्थानीय तहका लागि घरघर जाउँ, कांग्रेस जिताऔं नारा तय गरेको छ। कांग्रेसले ७७ जिल्लामा स्थानीय तह निर्वाचन केन्द्रीत प्रतिनिधिहरु खटाएको छ। अभियानको फागुन २९ गते दिउँसो १ बजे देशैभर एकसाथ शुभारम्भ गरिने नेपाली कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्