जावा मोटरसाइकलको डिलर जनकपुरमा



काठमाडौं (नेस) ।

नेपालका लागि क्लासिक लिजेन्डसको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले थापाचोक, जनकपुरमा आफ्नो नयाँ डिलर भास्कर एन्ड भास्कर इन्टरप्राइजेज प्रालिको स्थापनासँगै सोरूम खोलेको छ ।

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगन्ज, नारायणघाट, पोखरा, बाग्लुङ्ग, बुटवल, भैरहवा, नेपालगन्ज, सुर्खेत, दाङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि जनकपुरमा नयाँ डिलर नियुक्तिसँगै थ्री एस सोरूम स्थापना गरेको हो ।
भास्कर एन्ड भास्कर इन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशक विनयमनि शर्माकी आमा मायादेवी र मिस युनिभर्स नेपाल २०२१ तथा जावा मिस फियर्स सुजिता बस्नेतले सामूहिक रूपमा सोरुम उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनका क्रममा अग्नि मोटोइंक प्रालिका सेल्स प्रमुख प्रत्युष श्रेष्ठले जावा मोटरसाइकल शहर बजारमा मात्र नभई हाइवेको यात्राका लागि पनि निकै आरामदायी र उपयुक्त भएको बताउनुभयो । मोटरसाइकल पारखीले आफ्नो व्यक्तित्वअनुसार आफूलाई सुहाउँदो र मनपर्ने मोडलका जावा मोटरसाइकल सहजै पाउन सक्नुहुनेछ ।

भास्कर एन्ड भास्कर इन्टरप्राइजेज प्रा. लि. का प्रबन्ध निर्देशक विनयमनि शर्माका अनुसार सांस्कृतिक तथा पर्यटकीय स्थल भनेर कहलिएको जनकपुरमा क्लासिक लिजेन्डसको जावा मोटरसाइकल ल्याउन पाउनु हाम्रा लागि निकै गौरवको कुरा हो ।

जावा चेक गणतन्त्र, पूर्व चेकोस्लोभाकियाको ९० वर्षको विरासत बोकेको एक लोकप्रिय मोटरसाइकल ब्रान्ड हो । १२० भन्दा बढी देशमा क्लासिक, राम्रोसँग इन्जिनियरिङ गरिएको र भिन्न स्वरूपका मोटरसाइकल निर्यात गरिएको थियो ।

सन् १९६० को प्रारम्भिक दशकमा भारतीय बजारमा प्रवेश गरेको थियो । जावा मोटरसाइकलको दोहोरो विशेषताहरू यसको सुन्दर डिजाइन र बलियो प्रदर्शन चरित्रले यसले प्रयोगकर्ताहरूको मन जित्न मात्र सफल नभई विश्वका थुपै विश्व उपाधि पनि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्