श्रमिक महिला दिवस : बसन्तपुरमा जे देखियो (फोटो फिचर)



काठमाडौं ।

महिला दिवसको अवसरमा मंगलबार एमालेनिकट भ्रातृ संगठनले काठमाडौंको हनुमान ढोकास्थित बसन्तपुरमा ‘सामाजिक न्याय र लैंगिक समानता:  दिगो विकासको सुनिश्चितता’ नाराका साथ आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।

विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ ।

संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा स्थापित गरी महिलालाई लैंगिक भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक, पैतृक सम्पत्तिलगायत सबै विषयमा समान हक आदिको प्रत्याभूति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्