कांग्रेस पर्साको सभापतिमा क्षेत्री निर्वाचित



वीरगन्ज ।

नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी हुनु भएको  छ । प्रतिद्वन्द्वी श्याम पटेललाई हराउँदै उहाँले विजयी हासिल गर्नु भएको हो। कुल १ हजार ७ सय ७९ मत खसेकोमा ४५०  मतले  पटेललाई हराउँदै उहाँ सभापति पदमा निर्वाचित हुनु भएको हो ।

यसको औपचारिक घोषणा भने हुन बाँकी नै छ । कांग्रैस पर्साको उपसभापतिमा क्षेत्री समूहका नै रामनारायण प्रसाद कुर्मी र अशोक कुमार गुप्ता, सचिवमा दिनेश चौधरी र इम्तियाज आलम, सहसचिवमा नवीन सिंह र मदन प्रसाद यादव विजयी हुनु भएको छ ।

नेपाली कांग्रेस पर्साको नेतृत्व चयनका लागि बिहीबार मतदान भएको थियो । गयरातिबाट मतगणना शुरु भएकोमा आज बिहान करिब साँढे सात बजे अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

यसैबीच नवनिर्वाचित सभापति क्षेत्रीले नेपाली कांग्रेसलाई अब एक बनाएर लैजाने प्रतिबद्धता जनाउनु भएको छ ।  उहाँले नेपाली कांग्रेस पर्सालाई एक बनाएर अगाडि बढाउने र स्थानीय तहको चुनावमा कांग्रेसलाई सबै पालिकामा जिताउने आफ्नो लक्ष्य रहने बताउनुभएको छ । उहाँ काँग्रेसको संस्थापन पक्ष निकट मानिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्