राप्रपा नेपाल संगठन विस्तारमा



काठमाडौं, (नेस) ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले संगठन विस्तारलाई प्राथमिकता दिँदै पार्टीको कार्यलाई अघि बढाएको छ । राप्रपा नेपाल पुनर्जागृत गरेको छोटो समयमै विभिन्न जिल्लामा जिल्ला कार्य समिति गठन हुन थालेको छ ।

सोमबार उदयपुरमा लल्कु कुमार चौधरीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको राप्रपाले जनाएको छ । राप्रपा नेपाल समर्थितहरूको भेलाद्वारा गठित सो समितिको उपाध्यक्षमा जगत बहादुर राउत, कोषाध्यक्षमा लिलामाया कार्की तथा सदस्यहरूमा कृष्णगोपाल थापा, खड्ग बहादुर खड्का, लखन चौधरी, गंगादेवी वि.क., गणेश वि.क., मखे दमाईं, रमेश चौधरी, तर बहादुर खत्री, रामु चौधरी, टिका फुयाँल, चामु खतिवडा र टिका घले रहनुभएको छ भने वरिष्ठ सल्लाहकारमा नवराज पोखरेल रहनुभएको छ ।

यस्तै, पर्वतमा हेम शर्मा पौडेलको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ । नवगठित समितिको सदस्यहरूमा धरम कुमार गुरुङ, ठाकुर प्रसाद भुसाल, शेरबहादुर क्षेत्री, धनबहादुर अखेली, मनोज कुमार शर्मा, भिम बहादुर गुरुङ, गंगा बहादुर गुरुङ, मन बहादुर पुन, स्वस्तिका पौडेल, सुजिता पौडेल, कुलबहादुर कँडेल, जयलाल सुवेदी, विष्णु शर्मा, चेतनाथ रिजाल, प्रशान्त गुरुङ र चन्द्र बहादुर क्षेत्री रहनुभएको छ ।

यसैगरी कपिलवस्तुमा पनि राप्रपा नेपालको जिल्ला कार्य समिति गठन भएको छ । कपिलवस्तुमा रमाकान्त चौधरीको अध्यक्षतामा ३५ सदस्यीय कार्य समिति गठन भएको छ । बझाङ जिल्लामा राप्रपा नेपालको जिल्ला संयोजकको जिम्मेवारी किशोर कुमार भण्डारीले पाउनुभएको छ । विभिन्न जिल्लाबाट जिल्ला कार्य समिति गठनका नामावलीहरू धमाधम प्राप्त भइरहेको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्