संसद भवन अगाडि शंकास्पद वस्तु भेटियो, बम भएको आशंका



काठमाडौं ।

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि सडकमा शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद वस्तु बम भएको आशंका गरिएको छ । संसद भवनको सीधा अगाडि सडकको बीचमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो ।

अहिले त्यस क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । त्यो वस्तु बम भए/नभएको पहिचान गरी डिस्पोज गर्ने तयारी गरिएको छ ।

संसदबाट एमसीसी अनुमोदन भएसँगै विरोधमा आह्वान भएको बन्दका कारण ठाउँ ठाउँमा हिंसात्मक गतिविधिसमेत हुन थालेको छ । बन्दका कारण जनजीवन प्रभावित भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित विभिन्न ६ कम्युनिस्ट दल र २ मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्