उपाधि लायन्स क्लब झापालाई



इलाम ।

जिल्लाको दक्षिणी माई नगरपालिका स्थित महमाईमा सम्पन्न दोस्रो पुरुष तथा महिला गोल्डकपको उपाधि पुरुषतर्फ लाइन्स क्लब र महिलातर्फ माङ्सेबुङ्ग स्पोटिङले हात पारेका छन् ।
पुरुषतर्फ फाइनलमा लायन्स क्लब झापा शनिश्चरे झापाले एभरग्रिन एफसि इलामलाई २–० ले हराउँदै उपाधिमाथि कब्जा जमायो ।

योसँगै लाइन्स क्लबले ५१ हजार र एभरग्रिनले २० हजार रुपैयाँ प्राप्त गरेका हुन् । महिलातर्फ फाइनलमा माङसेबुङ्गले जुनतारा एफसि खुदनाबारी झापालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै उपाधि चुमेको हो । माङ्गसेबुङ्गले २० हजार र जुनताराले १० हजार रुपैयाँ हात पारेका छन् ।

काँग्रेसको भातृ संस्था नेपाल तरुण दल महमाईको आयोजना र महमाई एकता क्लबको सह आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ इलाम र झापाका १६ र महिला तर्फ आठ टिमको सहभागिता रहेको थियो । यता जिल्लाकै पश्चिमि देउमाई नगरपालिका स्थित मंगलबारेमा सम्पन्न प्रथम देउराली गोल्डकपको उपाधि हेलिबोथ एफसी बरबोटेले जितेको छ ।

फाइनलमा हेलिबोथले भेनस एफसी फिक्कललाई टाइब्रेकरमा पराजित गर्दै उपाधि रक्षा गरेको हो । विजेता टिम हेलिबोथले नगद १ लाख र भेनसले ५० हजार प्राप्त गरेका छन् । प्रतियोगिता युनाइटेड देउमाई युथ क्लबको आयोजनामा भएको थियो । गोल्डकपमा ८ टोली सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्