लिग च्याम्पियन मच्छिन्द्र अपराजित



sf7df8f}F @# df3 . zlxb :df/s P l8lehg lnudf laxLaf/ nlntk’/sf] ;ftbf]af6f]l:yt PGkmf sDKn]S;df dl5Rb| Sna / ;/:jtL o’y SnaaLrsf] v]ndf uf]n u/]kl5 dl5Rb| Snasf v]nf8Lx? . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं ।

यस सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिगमा च्याम्पियन मच्छिन्द्र एफसी अपराजित रहँदै ट्रफी उचालेको छ । शनिबार १३औं तथा अन्तिम चरणको खेलमा जनबहालको टिम मच्छिन्द्रले नेपाल एपीएफ क्लबलाई २–१ ले हराएको हो । अभिषेक गुरुङले पहिलो हाफमा र रेजिन सुब्बाले दोस्रो हाफमा गरेको गोलमा मच्छिन्द्रको जित भएको हो । यो सँगै मच्छिन्द्रले यस सिजनको लिग अपराजित हुँदै सकायो । मच्छिन्द्रले उपाधिसहित पहिलो पुरस्कार रकम ७५ लाख पनि हात पारेको छ ।

मच्छिन्द्रले लगातार दोस्रोपटक लिग उपाधि जित्न ११ खेलमा जित हासिल गर्यो । दुई खेल भने बराबरीमा समाप्त भएको छ । मच्छिन्द्रले १३ खेलमा कूल ३५ अंक जोडेको छ । यो दोस्रो स्थानको भन्दा १२ अंकको अग्रता पनि हो । साथै, टिमले विपक्षीको पोस्टमा २० गोल गरेको छ भने आफ्नो पोस्टमा मात्र दुई गोल मात्रै व्यहोरेको छ ।

आर्मी दोस्रो
त्रिभुवन आर्मी क्लबले दोस्रो स्थान हासिल गर्यो । शनिबार दशरथ रंगशालामा भएको खेलमा आर्मीले मनाङ मस्र्याङदी क्लबलाई १–१ गोलमा रोकेर दोस्रो स्थान प्राप्त गरेको हो । आर्मीले १३ खेलबाट एनआरटी सरह २३ अंक जोडे पनि हेड टू हेडको आधारमा दोस्रो स्थानमा कब्जा जमाउनुका साथै दोस्रो पुरस्कार ५० लाख रकम हात पार्यो । आर्मीले यस पटक ८ खेलमा बराबरी खेलेको थियो ।

मनाङको लागि लिग दोस्रो स्थानबाट सकाउन आर्मीलाई हराउनै पर्ने थियो । मनाङले खेलमा अञ्जन विष्टको गोलबाट अग्रता पनि लिएको थियो, तर आत्मघाती गोलले गर्दा मनाङ आर्मीसँग बराबरीमै रोकिनुपरेको थियो । मनाङले यसपटक तीन खेल पोखरामा आफ्नै घरेलु मैदानमा खेलेको थियो । जसमा तीनै खेलमा शतप्रतिशत नतिजा निकालेको थियो ।

हिजै नेपाल पुलिस क्लबमाथि ३–१ को जित निकालेर न्युरोड टिम (एनआरटी) तेस्रो स्थानमा रह्यो । टिमलाई जित दिलाउन विदेशी खेलाडी मेसुके ओलुमोउले ह्याट्रिक गरे । एनआरटीले तेस्रो पुरस्कार २५ लाख नगद हात पार्यो ।

सातदोबाटोको छलाङ
पहिलो पटक ‘ए’ डिभिजन लिग खेलेको सातदोबाटो युथ क्लब अन्डरडग सावित भयो । सातदोबाटोले डेब्यु लिगमै चौथो स्थानबाट सकाएको छ । थ्रीस्टार र मनाङ जस्ता लिगका अनुभवी टिमलाई हराएर सनसनी मचाएको ललितपुरको यो टिमले २१ अंक बटुल्यो । उता अंक बाँड्नुपर्दा मनाङ २१ अंकसहित पाँचौं स्थानमा चिप्लिएर लिग सकाउनुपर्यो । हेड टु हेडमा मनाङ सातदोबाटोसँग पछि परेको हो ।

पुलिसको खराब लिग
यो सिजनको लिग विभागीय टिम नेपाल पुलिस क्लबका लागि निकै पीडाजनक भयो । यस सिजनको लिग पुलिसले १२ अंकसहित ११औं स्थानबाट समाप्त गर्नुपर्यो । शीर्ष १० बाहिर रहेको पुलिसको यो सबैभन्दा खराब लिग सावित भएको छ । लिगमा पुलिसले मात्र २ खेलमा जित हात पारेको थियो ।

अन्य टिमको स्थान
थ्रीस्टारले कुल १९ अंक बटुलेर छैटौं स्थानबाट यस सिजनको लिग समाप्त गर्यो । संकटाले कुल १६ अंक जोडेर सातौं स्थानबाट लिगको अन्त्य गर्यो । आठौंदेखि १२औं स्थानसम्म क्रमशः एपीएफ, हिमालयन शेर्पा, जावलाखेल, पुलिस र फ्रेन्डस् क्लब रहेका छन् ।

च्यासल र ब्रिगेड रेलिगेसन
च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब ‘ए’ डिभिजन लिगबाट रेलिगेसन भएका छन् । दुई टिम रेलिगेसन हुने प्रावधानअनुसार यी दुई टिम रेलिगेसनको सिकार भए । च्यासलले ६ अंक जोडेर पुछारमा र ब्रिगेड ब्वाइज ८ अंक जोडेर १३औं स्थानमा रहेर ‘बी’ डिभिजनमा घटुवा हुनुपरेको हो ।

तीन ह्याट्रिक
यस सिजनको लिगमा कुल ९१ खेलबाट कुल १ सय ९० गोल भए । जसमा, तीन ह्याट्रिक सामेल छन् । तर, यसमा नेपाली खेलाडीको नाम सूचित हुन सकेन । तीनै ह्याट्रिक गर्ने विदेशी खेलाडी रहेका छन् । ती हुन् सातदोबाटोका अजायी मार्टिन्स (एपीएफविरुद्ध), मनाङका ओलावाले आफिज (ब्रिगेड ब्वाइजविरुद्ध) र एनआरटीका मेसुके (पुलिसविरुद्ध) रहेका छन् ।

उक्त ह्याट्रिकको सहयोगमा मेसुके लिगमा सर्वाधिक गोलकर्ता समेत बने । उनले लिगमा क्ल ७ गोल गरेका छन् । दोस्रो स्थानमा ६/६ गोल गरेका मार्टिन्स, जमोल एन्थोनी (फ्रेन्डस्), सुनील बल (मच्छिन्द्र), आफिज रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्