कांग्रेस, माओवादी र एमाले परित्याग गरी समाजवादीमा प्रवेश



विमल विष्ट, डोटी ।

नेपाली कांग्रेस, माओवादी तथा नेकपा एमाले पार्टी परित्याग गरी आज दश जनाले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । कांग्रेस तथा एमाले पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेकाहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले टिका, फूलमाला तथा खादा ओढाएर स्वागत गर्नु भएको छ ।

डोटीको बडिकेदार गाउँपालिका वडा नं २ का निर्वाचित वडाअध्यक्ष रामबहादुर नाम्जाली सहित दश जनाले एकीकृत समाजवादी पार्टी प्रवेश गरेको सो पार्टीका डोटी जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो ।

एमाले पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरूमा नेकपा एमाले जिल्ला कमिटी सदस्य रहनु भएकी शारदा कठायत, नेकपा एमाले बडिकेदार सचिवालय सदस्य खेम मल्ल, नेकपा एमाले बडिकेदार वडा नम्बर २ का कमिटी अध्यक्ष वीरबहादुर नाम्जली, नेकपा एमाले बडिकेदार गाउँपालिका वडा नम्बर ६ का वडा सचिव भीम मल्ल तथा नेकपा एमाले बडिकेदार गाउँपालिका कमिटी सदस्य तारा नाम्जाली बुचा, तुलसी बगाले, सचिवालय सदस्य  खेम मल्ल , युवा नेता प्रकाश ताडी तथा लालबहादुर साउद रहनु भएको छ ।

यसैगरी कांग्रेस पार्टी परित्याग गरी समाजवादी पार्टी प्रवेश गर्नु भएका नेपाली कांग्रेस बडिकेदार गाउँपालिका कमिटी सदस्य दीपक साउद रहनु भएको छ । उता नेकपा माओवादी केन्द्र बडिकेदार गाउँपालिका कमिटी सदस्य रोजबहादुर मलै पनि उक्त पार्टी परित्याग गरी एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नु भएको बताइएको छ ।

पार्टीमा वन प्रवेशीहरुलाई मन्त्री आलेले जनता र संगठनलाई उच्च स्थानमा राखेर पार्टीले दिएको जिम्मेवारी बहन गर्न निर्देशन दिनु भएको छ । पार्टी प्रवेश गराउने कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री तारालामा तमाङ् तथा जिल्ला अध्यक्ष दीर्घराज बोगटीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्