ब्रिगेड ब्वाइज रेलिगेसनमा



काठमाडौं ।

सातदोबाटो युथ क्लबसँग ३–२ ले हारेपछि ब्रिगेड ब्वाइज क्लब ए डिभिजनबाट रेलिगेसन भएको छ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा यो सातौं हारसँगै ब्रिगेड ब्वाइज ‘बी’ डिभिजनमा झरेको हो । टिमको ७ अंक मात्र भएको र अन्तिम खेल बाँकी रहेको छ । बिगे्रड २०६३ र २०६८ सालको सिजन तथा हालको गरी ‘ए’ डिभिजनबाट तीन पटक रेलिगेसन भएको छ ।

यस सिजनको लिगमा ललितपुरका ६ टिमले प्रतिस्पर्धा गरेका छन् । लिगको इतिहासमा ललितपुरबाट ६ टिमले सहभागिता जनाएको यो पहिलो अवसर समेत हो । गत सिजनको ‘बी’ डिभिजनमा विजेता बनेपछि सातदोबाटोले यस सिजनको ‘ए’ डिभिजन लिग खेल्न पायो । यसको साथै जारी लिगमा ललितपुरका ६ टिमले खेले ।

तर, यसै सिजनबाट रेलिगेसन भएका दुई टिम पनि ललितपुरकै रहे । ब्रिगेड र च्यासल युथ क्लब रहेका हुन् । जारी लिगमा शुरुमा जावलाखेल युथ क्लब र एपीएफ क्लब रेलिगेसन क्षेत्रमा थिए । लगातार शुरुवाती ३ खेल हारेपछि यी दुवै टिम रेलिगेसन हुने संभावना भएको थियो । तर, यी दुवै टिमले चौथो चरणदेखि खेलमा सुधार गर्दै रेलिगेसनको सम्भावनाको अन्त्य गरे ।

प्रतिक्रिया दिनुहोस्