मिडिया अलायन्स र हाम्रो फर्माबीच सम्झौता



न्युज अफ नेपाल, काठमाडौं ।

हाम्रो फर्मा फार्मेसी प्याथल्याबको सेवा लिने प्रयोजनले मिडिया अलायन्स नेपाल र साधना हेल्थ प्रालिबीच सम्झौता भएको छ । सम्झौता पत्रमा मिडिया अलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार र हाम्रो फर्मा फार्मेसीका तर्फबाट साधना हेल्थ प्रालिका अध्यक्ष दिरेकलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार हाम्रो फर्माले मिडिया अलायन्स नेपालका सबै कर्मचारी तथा पारिवारिक सदस्यलाई नेपालमा उत्पादित औषधिमा १५ र भारतीय औषधिमा १२ प्रतिशत छुट दिने जनाएको छ । काठमाडौं उपत्यकाभित्र हाम्रो फर्माले बिहान १० बजेसम्म औषधिको अर्डर अनुसार सोही दिन होम डेलिभरि गर्दै आएको छ ।

हाम्रो फर्माले मासिक रुपमा डिजिटल माध्यमबाट ग्राहकलाई नियमित औषधि सेवन गर्ने ग्राहकलाई ‘औषधि सकिन लाग्यो कि’ भन्ने व्यहोराको ‘रिमाइण्डर नोटिस’ पनि पठाउनेछ । यसले निमोनिया र फ्लू खोपका लागि विशेष छुट दिने सहमति जनाएको छ भने घरमै प्रयोगशाला परीक्षणको सेवा पनि उपलव्ध गराउने भएको छ । यसका लागि १५ प्रतिशतसम्म छुटको व्यवस्था पनि छ ।

यसले सेवाग्राहीको घरमै गएर मधुमेहको फास्टिङ टेस्ट गर्ने र पिपी टेस्टका लागि सेवाग्राहीको कार्यालमै पुगेर परीषण गर्ने सहमति पनि जनाएको छ । यसले परीक्षणको रिपोर्ट सेवाग्राहीको चाहनाअनुसार इमेल, ह्वाट्सयाप वा भाइबरबाट पठाउने प्रतिबद्धता जनाएको छ ।

मिडिया अलायन्स नेपालका सदस्यले ९८०१००९९७९ मा फोन गरेर, ह्वाट्सयाप, भाइबर, मेसेन्जर वा वेबसाइट www.hamropharma.com मा भिजिट गरेर औषधि वा सेवाका लागि अर्डर दिन सक्नेछन् । तर माथि भनिएका छुटका प्रावधानहरु पहिला नै छुटसहित घोषणा गरिएका विशेष प्याकेजमा भने लागु नहुने व्यवस्था छ ।

सम्झौताका हस्ताक्षरकर्ता राजकर्णिकार र श्रेष्ठले कोरोना महामारीका बेला घर–घरमै औषधि आपूर्ति गर्ने हाम्रो फर्माको व्यवस्थाले सेवाग्राही र विरामीले जोखिम मोलेर बजारसम्म निस्कनु नपर्ने भएको छ, यसको लाभ सबैले लिर्ने बताउनुभएको छ ।

मिडिया अलायन्स नेपाल मूलधारका सञ्चारमाध्यमको छाता संगठन हो । यसका सदस्य मिडिया संस्था र त्यसभित्र कार्यरत स्टाफका परिवारका सदस्यको हिसाब गर्दा यस सम्झौताबाट करिब २० हजार व्यक्ति लाभान्वित हुने  कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्