एमसीसी विवादका कारण अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रन लाग्यो :  एमाले अध्यक्ष ओली



पुष्कर बुढाथोकी, भक्तपुर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तासीन दलहरू मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० संसदमा पुर्याउनुको साटो बाहिर बुरुक्क बुरुक्क उफ्रने गरेको आरोप लगाउनुभएको छ । सूर्यविनायक नगरपालिकाले भक्तपुरको जगातीमा सञ्चालनमा ल्याएको सूर्यविनायक नगर अस्पतालको आज उद्घाटन  कार्यक्रममा बोल्दै उहाँले ५ बर्ष अगि अहिले सरकारमा बस्नेले नै एमसीसी सम्झैता गरेको र ठगी खाने भाँडो बनाएको आरोप लगाउनुभयो ।

सम्झौता पछि चुनाबाट एमालेको सरकार बनेपछि अहिले पास गर्नु हुन्न एमालेलाई सरकारबाट हटाएपछि पास गर्छौ भनेर सत्ता गठबन्धन दलहरुले पास गर्न पर सार्दै सार्दै गएको उल्लेख गर्नुभयो । एमाले नेतृत्वको सरकारमा एमसीसी संसदमा पेश गर्न खोज्दा नदिएको भन्दै ओलीले भन्नुभयो, “हामीले सरकारमा रहँदा संसदमा एमसीसी पेश गरौं भनेका थियौं, संसदलेनै निर्णय गर्छ, संसदमा हामीले छानेर पठाएका जनप्रनिधिहरुले नै निर्णय गर्छन्, निर्णय गर्ने ठाउँमा त पु¥याइदिऔं भन्दा उनीहरुले संसदमा पु¥याउन दिएनन्, अहिले पनि निर्णय गर्ने ठाउँमा पु¥याउन सकेका छैनन्, बाहिर बुरुक्क–बुरुक्क उफ्रिन्छन्,  संसदमा नपु¥याउने बाहिर बुरुक्क बुरुक्क उफ्रिने रु”

संसदमा नपुर्याउने तर बाहिर बुरुक्क बुरुक्क उफ्रने र निर्णय नगर्ने अनि अरुलाई अपजस लाउने ,यो तरिका सही नभएको उहाँको भनाई थियो । सत्ता गठबन्धनले एमसीसीलाई ठगि खाने भाँडो बनाएको आरोप लगाउदै ओलीले सरकारले एमसीसीबारे निर्णय गर्न नसक्दा  अन्तर्राष्ट्रिय सम्बन्ध नै बिग्रिएको बताउनु भयो । एमसीसी विवादका कारण नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको अबस्था बिग्रन लागेको बताउनुभयो । उहाँले ठूला शक्ति राष्ट्रहरु नेपाल खेल मैदान हुने गरी भनाभनमा उत्रिन थालेको बताउनुभयो ।

अध्यक्ष ओलीले देश ठूला राष्ट्रको मशल लडाउने ठाउँ हुन थाले पनि सरकार सजक नभएको बताउनुभयो । अध्यक्ष ओलीले अन्तर्राष्ट्रिय सम्बन्ध खतरामा पर्दै नेपाल अप्ठ्यारो र असहज अबस्थामा पुगेको बताउनुभयो । कार्यक्रममा उहाँले सरकारले राम्रो काम गर्न नसकेको भन्दै देश चरम आर्थिक संकटमा परेको बताउनुभयो ।सरकार आफ्नै आन्तरिक किचलोमा रुमलिएको छ भन्दै उहाँले अहिलेको सत्तारुढ गठबन्धनको आयु बढीमा एक वर्ष रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले अब एक वर्षभित्र संघीय संसद्को चुनाव हुने र चुनावपछि एमालेले वर्तमान सरकारलाई विस्थापित गर्ने दाबी गर्नुभयो । ओलीले अहिलेको सत्तागठबन्धनमा आबद्ध पाँच दललाई ‘गिद्ध’को संज्ञा दिदै ओलीले भन्नुभयो, “धुरीमा एउटै गिद्ध बस्यो भने अशुभ मानिन्छ, यहाँ त पाँच–पाँचवटा गिद्ध बसेको छ, देशको हालत त्यसै यस्तो भएको होइन, अब देशलाई सुधार्नु पर्छ ।”

सत्तारूढ पाँचदलीय गठबन्धनलाई स्वार्र्थी भन्दै उहाँले उनीहरूलाई आगामी निर्वाचनमा पानीमुनि गए पनि एमालेले नछाड्ने बताउनुभयो ।
अब एक वर्षभित्र संघीय संसदको चुनाव हुनैपर्छ भन्दै उहाँल् पानीमुनि गए पनि स्वार्थी गठबन्धन बच्न नसक्ने उल्लेख गर्नुभयो ।संसारभरिका जोतिषीलाई एकैठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छन्– “यो सरकारको आयु बढीमा एक वर्ष हो ।”

ओलीले आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन निष्पक्ष रुपमा सञ्चालन गर्न कर्मचारी र सुरक्षाकर्मीलाई आग्रह गर्नु भयो ।उहाँले निर्वाचन निष्पक्ष गर्न कर्मचारी र प्रशासनले सघाउनु पर्ने बताउनु भएको हो । एमाले कार्यकर्तालाई निर्वाचनको तयारमिा लाग्न उहाँले आव्हान गर्नु भयो ।
एमाले अध्यक्ष ओलीले अब सर्वोच्च अदालत नभइ चुनावी जनअदालतको निर्णयमा नेकपा एमाले अगाडि बढ्ने बताउनु भयो । उहाँले भन्नुभयो, “उबेला माओवादीले दुईचार जना राखेर जनअदालत चलाउथ्यो, अब हामी तीन करोड जनता राखेर जनअदालत चलाउँछौ, हाम्रो जनअदालतमा फैसला जनताले गर्छन्, जनताभन्दा माथि कोही छैनन्, जनताको आदेश मान्न हामी तयार छौँ ।”

एमाले अध्यक्ष ओलीले एमालेका नेता कार्यकर्तालाई झुक्याएर लाने गरेको बताउदै पार्टी छाडेर गएकाहरुलाई एमालेमै फर्कन समेत आह्वान गर्दै भन्नुभयो,“उहिले पूर्वतिर मेला लाग्थ्यो, एकथरी उरन्ठेउलाहरु हुल बाँधेर खल्तीमा सिन्दूर हालेर जुम्सो जस्तो भएर जान्थे, अनि राम्री केटी देख्यो कि छ्वास्स टाउँकोमा सिन्दुर फ्याकेर गुटुटु भाग्ने ।

माईतीहरु सिन्दुर हालिहाल्यो भनेर सिन्दुर लाउने उरेन्ठेउलालाई खोजेर जिम्मा लगाउँथे, प्रचण्ड र माधव नेपालहरुले पनि अहिले त्यसै गरेका छन्, कहिले माकुनले झुक्याएर सिन्दुर हालिदिएको छ  । कहिले प्रचण्डले झुक्याएर छ्वास्स हालिदिएको छ । कहिले काँग्रेसले सिन्दुर हालिदिएको छ । आजको जवानामा पनि त्यस्तो कुरामा भर परेर हुन्छ रु हामी माइतीहरु सिन्दुर कसले हाल्यो भनेर खोजेर चेलीलाई जिम्मा लगाउने होइन । तिनीहरुले झुक्याएर हालिदिएका सिन्दुरहरु छोडिदिनुस् । एमालेमा आउनुस् लक्स साबुनले नुहाउनुस्, देश बनाउने अभियानमा लागौं ।”

प्रचण्ड र नेपालले झुक्याएर पार्टीको सदस्यता दिएकाहरुलाई पार्टीमा आउन र राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आग्रह गर्दै ओलीले सरकारको आयु बढीमा एक वर्ष मात्रै रहेको बताउनु भयो । ओलीले भन्नुभयो, “जतिनै चुनाब पछाडि सार्न खोजे पनि अबका एक वर्षभित्र हुने संघीय संसदको चुनावपछि एमालेले फेरी सरकार चलाउछ, चुनाबमा कहाँ बच्ला र यो स्वार्थी गठबन्धन रु बच्न सक्दैन । त्यसकारण अब त बढीमा एक वर्ष हो यिनको आयु । संसारभरका ज्योतिषीलाई एकैठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छ, बढीमा एक वर्ष हो, यो सरकारको आयु ।”

 

प्रतिक्रिया दिनुहोस्