शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित, अर्को बैठक फागुन ६ गते बस्ने



न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । प्रमुख प्रतिपक्ष एमालेको अवरोधकाबीच बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्रप्रसाद बडूले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

यस्तै, बैठकले पूर्व सांसदहरु जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा दमनसिंह थापाको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो ।

शोक प्रस्ताव पारित गरेसँगै बैठक आउँदो शुक्रबार ६ गतेसम्मका लागि स्थगित गरिएको सभामुख सापकोटाले जानकारी दिए । बुधबारको बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्