धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस



काठमाडौं (नेस) ।

नेपाल धितोपत्र बोर्डका अध्यक्षका लागि अन्तिम तीन जनाको नाम छनौट भएको छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस तथा छनौट समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम छनौट गरेको बताइएको छ ।

योसँगै समितिले उक्त तीन अन्तिम नामावली अध्यक्ष छनौटका लागि अर्थ मन्त्रालयलाई सिफारिस गर्ने भएको छ । सोही मध्येबाट एक जनालाई मन्त्रीपरिषद्को बैठकले अध्यक्ष नियुक्त गर्ने छ । धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका थिए । सोमध्येबाट छनौट समितिले यसअघि प्रारम्भिक चरणमा पाँच जनाएको नाम सर्ट लिस्टमा छनौट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्