सशस्त्र प्रहरीको प्रवक्तामा एसएसपी तिउसीना नियुक्त



न्युज अफ नेपाल, काठमाडौं ।

सशस्त्र प्रहरी बलको प्रवक्तामा का.मु. सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कमलप्रसाद तिउसीना नियुक्त भएका छन् । यसअघिका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ पदावधिका कारण अनिवार्य अवकासमा गएपछि तिउसीनाले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।

प्रवक्ता का.मु. सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तिउसीनालाई मोबाइल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ ।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्