हट्यो आलोपालो सेवा



गुल्मी । 

जिल्ला प्रशासन कार्यालय गुल्मीले आइतबारबाट स्थानीय तहगतको आलोपालो सेवा हटाएको छ । कर्मचारीमा कोरोना देखिएपछि आलोपाले कार्य हुदै आएको थियो ।

कोरोना संक्रमण दरमा केही कमी आएकाले प्रशासन कार्यालयले दिँदै आएको स्थानीय तहअनुसारको आलोपालो हटाएर सम्पूर्ण सेवाहरु पूर्ववत् सुचारु गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । प्रशासनले सेवाग्रहीमा समेत कोरोना संक्रमणको उच्च जोखिमका कारण आलोपालो सेवा दिँदै आएको थियो ।

गत माघ ११ गते कर्मचारीमा कोरोना संक्रमण देखिएर बन्द रहेको थियो । त्यसलगत्तै माघ २३ गतेबाट प्रशासनले स्थानीय तहगतरूपमा आलोपालो सेवा शुरु गरेको थियो ।सेवा लिन आउँदा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना अनिवार्य गरिएको छ । जिल्लामा हाल कोरोना संक्रमणका सक्रिय संक्रमित २ सय ४२ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्