थप ५२१ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा १० हजार ११५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

६ हजार ३७ जनाको पिसिआर गर्दा ४२७ र ४०७८ जनाको एन्टिजेन परीक्षण ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै ३ हजार ९३५ जना निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्