बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ



न्युज अफ नेपाल, काठमाडौं । 

लमजुङ प्रहरीले बैकिङ कसुर मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विगत १० महिनादेखि फरार बेसी शहर ३ गाउँशहरका ६० वर्षका गणेश बहादुर गोतामे रहेका छन् ।

काठमाडौंमा लुकीछिपी बस्दै आएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, लमजुङको विशेष टोलीले खोज तलास गर्दा माघ २८ गते गोतामेलाई काठमाडौंको तार्केश्रर नगरपालिका वडा नं ९ बाट पक्राउ गरेको हो । २०७८ वैशाख १२ ‍ गते निज गणेश गोतामेका विरुद्धमा उच्च अदालत पाटनबाट मुद्दा फैसला भएको थियो ।

उनलाई पाँच लाख जरिवाना सहित २ दिन कैद फैसला भएको थियो । उक्त कैद तथा जरवाना असुल उपर गर्नुका लागि लमजुङ प्रहरीले गोतोमलाई आज (आइतबार)नै जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय लमजुङले अभियान नै सञ्चालन गरी फरार प्रतिवादी पक्राउ गर्दै आएको छ । विभिन्न समयमा फरार रहेको प्रतिवादी पक्राउ गर्ने क्रममा चालु आर्थिक वर्षको साउन देखि  हालसम्म ५० जनालाई पक्राउ गरी गरिसकेको लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्