वर्ल्डलिंकले नीतिगत अनुसन्धानमा सहयोग गर्ने



काठमाडौं (नेस) ।

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ । वर्ल्डलिंकले नेपालमा प्रमाणमा आधारित नीति निर्माण र प्रवद्र्धनका लागि उद्यमशीलता विकासमा काम गरिरहेको दायित्व नेपाललाई सहयोग गर्ने भएको हो ।

वर्ल्डलिंकको सहयोगमा उद्यमशीलताका लागि नवीनता, सहकार्य र सेवा दिँदै आएको दायित्वले तीन वर्षमा तीन वटा नीतिगत विषयवस्तुमा सहयोग गर्नेछ । सरकारका सम्बन्धित मन्त्रालयको समेत सहभागितामा तीन जनालाई दायित्व नेपाल नीति फेलोसिप प्रदान गर्ने गरी वल्र्डलिंक र दायित्व नेपालबीच सम्झौता भएको छ ।

नीति अनुसन्धानसम्बन्धी सो सम्झौतामा वल्र्डलिंकका कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष दिलीप अग्रवाल र दायित्व नेपालका अध्यक्ष डा. पुकार मल्लले हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार, लगानीमा पहुँच, युवा रोजगरी, महिलाको आर्थिक सशक्तिकरण, मूल्य श्रृंखला र शासन सुधारलगायतका विषयवस्तुमध्ये विश्वव्यापी प्रतिष्पर्धा मार्फत रिसर्च फेलो छनौट गरिनेछ भने उनीहरूले ३ देखि ६ महिनासम्म सम्बन्धित मन्त्रालयका सह–सचिवस्तरका अधिकारीहरूको मोनिटरिङमा नीतिगत अनुसन्धान गर्नेछन् ।

५ सांसद र सम्बन्धित मन्त्रालयका ५ अधिकारीहरूको सहभागितामा १० विषयवस्तु छनौट गरेर विश्वव्यापी प्रतिस्पर्धा गरिने दायित्व नेपालले जनाएको छ । बल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष अग्रवालले स्वदेशभित्र उद्यमशीलता विकासका लागि सहयोग पुर्याउनका लागि प्रमाणमा आधारित नीति निर्माण र प्रवद्र्धनका लागि फेलोसिप सहयोग गरेको बताउनुभयो ।

विदेश पढ्न गएकालाई स्वदेश फर्कन र स्वदेशबाट विदेश जाने तरखरमा रहेका युवालाई नेपालमै बसी काम गर्ने वातावरण निर्माणका लागि रोजगारी दिन सक्नेगरी उद्यमशीलता विकास गर्नका लागि नीतिगत रूपमा गर्नुपर्ने सुधारमा सहयोग पुर्याउन सहयोग गरेका हौं ।

उहाँले भन्नुभयो – ‘यसले नेपालमै उद्यमशीलता गर्नका लागि युवावर्गलाई प्रेरणा दिन सहयोग पुर्याउनेछ । दायित्व नेपालका अध्यक्ष मल्लले वल्डलिंकसँगको सहकार्यले युवा–सरकारबीचमा विश्वासका वातावरण निर्माणका साथै आर्थिक सुशासन अभिवृद्धिसँगै युवावर्गलाई आशा, उत्साह र परिवर्तित भएर अघि बढ्न सहयोग पुर्याउनेछ ।

प्रतिक्रिया दिनुहोस्