मास्क तथा सेनिटाइजर वितरण



हेटौंडा, (नेस) ।

हेटौंडा–१० स्थित बुद्धचोकमा मकवानपुर तेक्वान्दो कार्यसमितिले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मास्क तथा सेनिटाइजर हस्तान्तरण गरेको छ । मकवानपुर तेक्वान्दो कार्यसमितिले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई २ हजार थान मास्क, सेनिटाइजर, ५० थान फेससिल्ड, ५ सय थान ग्लोब्स हस्तान्तरण गरेको हो । सवारी साधनमा १ सय थान सचेतनामूलक स्टिकर टाँस गरिएको थियो ।

कार्यक्रममा प्रहरी प्रमुख सुरेन्द्र गुरुङले सबै नागरिक आफैँ सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले खेलाडी राष्ट्रका गहना भएकाले आपत्विपत्का बेला सचेतना जगाउन लागि पर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बलका डीएसपी शैलेश श्रेष्ठले खेलाडीको सक्रियतले कोरोना नियन्त्रणमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्