ललितपुरको बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटियो



काठमाडौं ।

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटिएको छ । यही माघ ८ गते सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट हराएको मुर्ति खुमलटार स्थित करुणा मन्दिर नजिकै फेला परेको हो ।

मन्दीर नजिकै क्लासीक टावर पछाडि बोरामा मूर्ति भेटिएको बताइएको छ । सुनाकोठीको गुठीले मूर्ति फेला पार्नेलाई ५ लाख पुरस्कार दिने घोषणा गरेको थियो । ललितपुर परिसर र महानगरीय अपराध महाशाखाले मुर्ति हराएपछि त्यसको अनुसन्धान गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्