चित्रकलामा प्रहिसा प्रथम



श्रीपञ्चमीको अवसर पारेर आइतबार बंगलामुखी उपभोक्ता सहकारी संस्था र नेप्लिज फेसन होमको संयुक्त आयोजनामा चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रहिशा बज्राचार्य प्रथम स्थान हासिल गर्न सफल भएकी छन्। त्यसैगरी, स्वर्ण कपाली द्वितीय र हिमशिखर माझी तृतीय भएका छन् भने अंकित तण्डुकार स्विट आर्ट विजेता तथा सिल्भिया महर्जन र अञ्जली श्रेष्ठ सान्त्वना पुरस्कार विजेता भएका छन्। प्रतियोगिता बंगलामुखीका व्यवस्थापक सुनील महर्जनको संयोजनमा राजधानीको शंखमूलस्थित लिटिल प्mलावर पब्लिक स्कुलमा ४५ जना विद्यार्थीका बीच सम्पन्न भएको थियो।

बंगलामुखी उपभोक्ता सहकारी संस्थाका अध्यक्ष लक्ष्मण महर्जनको सभापतित्व तथा मिस नेवाः कृषा महर्जनको प्रमुख अतिथ्यता तथा लायन्स रिजिनल चियर पर्सन इन्द्ररत्न बज्राचार्य र नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको विशेष आतिथ्यमा सम्पन्न प्रतियोगितामा मिस नेवाः सोसियल वेलफेयर एम्बास्डर चिफ रोहिना महर्जन, बेस्ट ड्रेस मनीषा महर्जन, मिस लिटिल नेवाः ट्यालेन्ट नयना शाक्य निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्