रसुवामा भारी हिमपात, जनजीवन कष्टकर



रसुवा ।

रसुवाको उच्च हिमाली भेगमा बिहीबार रातिदेखि परेको भारी हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । जिल्लाको धुन्चे, स्याफ्रु, गोसाइँकुण्ड, भार्कु, लाङटाङ, ब्राबल, ठूलो स्याफ्रु, टिमुरे, पार्वतीकुण्ड, गोल्जुङ, गतलाङ, चिलिमे, हाकु, नागथली, लोकिललगायतका ठाउँहरूमा बिहीबार रातिबाट भारी हिमपात भएको हो ।

हिमपातका कारण घरबाट बाहिर निस्कनसमेत कठिन भएको छ । देशभर का हिमाली क्षेत्रमा हिमपातका कारण चिसो बढेकोले जनजीवन कष्टकर बन्दै गएको हो ।अत्यधिक चिसो भएका कारण ज्येष्ठ नागरिक, बालबालिका र सुत्केरी महिलाहरूलाई घरबाहिर ननिस्की न्यानो कपडा लगाएर आगो तापेर बस्न जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्