प्रधानमन्त्रीको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा गजुरेल


काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा किरण गजुरेललाई नियुक्त गरेका छन्। प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ नियुक्त गरेका हुन्। गजुरेललाई प्रधानमन्त्रीले भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका गजुरेल राजनीतिक भाषण, मन्तव्य र वक्तव्य लेखन तथा प्रशिक्षणमा विशेष दख्खल राख्नुका साथै विभिन्न अनुषन्धानात्मक कार्यमा सक्रिय छन् । गजुरेलका विभिन्न अनुसन्धानात्मक कृति प्रकाशित छन् ।

गजुरेल यसअघि नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्य थिए । गजुरेलले नेपाली कांग्रेसको १३औं र १४औं महाधिवेशनमा सभापति देउवाको ‘सम्पर्क कार्यालय’मा विशेष भूमिका निर्बाह गरेका थिए । उनी देउवालाई सभापतिमा विजयी गराउने एक रणनीतिकारका रुपमा परिचित छन् ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।