भारतीय कलाकार विकास फाटक पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

भारतीय कलाकार विकास फाटक ‘हिन्दुस्तानी भाउ’ पक्राउ परेका छन् । ‘बिग बोस १३’को ‘वाइल्ड कार्ड’ प्रतियोगी विकासलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो ।

समाचारअनुसार प्रहरीले विद्यार्थीहरूलाई अफ लाइन परीक्षाको विरोध गर्न उक्साएको आरोपमा उनलाई पक्राउ गरेको हो । एक भिडियोमा उनले कक्षा १० र १२ का विद्यार्थीहरू अफ लाइन परीक्षाविरुद्धमा विद्रोह गर्नुपर्ने उनले बताएका थिए । त्यसपछि विद्यार्थीहरूले मुम्बई र नागपुरमा विरोध प्रदर्शन गरेका थिए ।

विकासलाई धारावी प्रहरीले पक्राउ गरेको हो । विकाससँगै पक्राउ परेका अन्यविरुद्ध प्रहरीले एफआइआर दर्ता गरेको छ । प्रहरीका अनुसार विकासले विद्यार्थीलाई उक्साउने भिडियो इन्स्टाग्राममा अपलोड गरेका थिए । उनीहरूलाई आइपीसीको धाराअनुसार महाराष्ट्र प्रहरी अधिनियम, आपदा प्रवद्र्धन अधिनियम र महाराष्ट्र सम्पत्तिको विरुपणको रोकथाम अधिनियमअनुसार प्राथमिकी दर्ता गरिएको छ । विकास यसअघि पनि कोभिड प्रतिबन्धसम्बन्धी नियमको उल्लंघन गरेको आरोपमा पक्राउ परेका थिए । किनकी उनले विरोध प्रदर्शनका लागि शिवाजी पार्क पुग्न एक एम्बुलेन्सको प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्