प्राइम लाइफ इन्स्योरेन्सलाई १० हजार जरिवाना



काठमाडौं (नेस) ।

बिमा समितिले समितिबाट जारी सुशासनसम्बन्धी निर्देशिका, तथा वैदेशिक रोजगार म्यादी जीवन बिमासम्बन्धी निर्देशन विपरीत काम गरेको भन्दै उक्त कम्पनीलाई १० हजार जरिवाना गरेको छ ।

समितिबाट प्राइम लाइफ इन्स्योरेन्सको स्थलगत निरीक्षण गर्दा सो कम्पनीले सुशासनसम्बन्धी निर्देशिका, २०७५ को दफा १२ उल्लङ्घन गरी तलव भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको, बीमितको हित विपरीत नक्कली बिमालेख जारी गरेको र वैदेशिक रोजगार म्यादी जीवन बिमासम्बन्धी निर्देशन, २०७३ बमोजिम सुरक्षित, मर्यादित र व्यवस्थितरूपले वैदेशिक रोजगार बिमा नगरेको देखिएकाले बिमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम उक्त कम्पनीलाई जरिवाना गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्