जनमतका कार्यकर्ताद्वारा जनकपुरधाममा डाक्टरमाथि आक्रमण 



जनकपुरधाम । 

जनमत पार्टीका कार्यकर्ताहरूले प्रदेश दुईको स्थायी राजधानी जनकपुरधाममा एक चिकित्सकमाथि आक्रमण गरेका छन् ।

जनकपुरधामस्थित पीडारी चोकबाट बर्दिबास जाँदै गरेका जलेश्वर अस्पतालका निमित्त प्रमुख डा. सतिस साहमाथि जनमतका कार्यकर्ताहरूले आक्रमण गरेका हुन् ।

आक्रमणमा परि घाइते भएका डा. साहको मुखमा ८ वटा टाका लागेको छ ।  मेसु सवार प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीमा आक्रमण भएको हो ।

प्रतिक्रिया दिनुहोस्