जनगणना २०७८ : कुन प्रदेशमा कति बढ्यो जनसङ्ख्या ? (विवरणसहित)



न्युज अफ नेपाल, काठमाडौं ।

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी र गण्डकी प्रदेशमा सबैभन्दा कम जनसंख्या थप भएको छ । केन्द्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत दश वर्षको अवधिमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा १३.८९ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशमा ३.१६ प्रतिशतले जनसंख्या थप भएको हो ।

यस्तै राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा २०.९९ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.८१ प्रतिशत रहेको छ ।

बागमती प्रदेशमा दोस्रो ठूलो जनसंख्या २०.८४ प्रतिशत रहेको छ । २०७८ मा जनसंख्याको आकारको हिसाबले तेश्रो, चौथो, पाँचौ र छैठौं क्रमशः लुम्बिनी, प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेश रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्