हैटीमा भूकम्पः दुई जनाको मृत्यु, २ सय घर ध्वस्त



(FILES) In this file photo taken on August 17, 2021 A bulldozer clears the rubble of a building that collapsed in the earthquake in Brefet, a neighborhood of Les Cayes, Haiti. – Haiti is struggling to send children back to class amid the devastation of the earthquake last month that killed more than 2,200 people and destroyed tens of thousands of buildings, including many schools. It is a logistical and humanitarian challenge in the disaster-prone country — the poorest in the Americas — one that never fully recovered from the huge quake in 2010 that killed more than 200,000 people and caused billions in damage. (Photo by Reginald LOUISSAINT JR / AFP)

न्युज अफ नेपाल, एजेन्सी ।

दक्षिण पश्चिम हैटीमा भूकम्प जाँद कम्तिमा दुई जनाको मृत्यु भएको छ । ५ दशमलब ३ म्याग्निच्युडको सो भूकम्पपछि २०० घर भत्किनुका साथै केही मानिस घाईते भएका छन् । भूकम्पपछि परकम्पहरु आइरहेका छन् ।

राजधानी पोर्ट अउ प्रिन्सबाट १३० किलोमिट पश्चिममा रहेको एउटा सानो तटीय सहरमा दुई जनाको मृत्यु भएको छ । भूकम्पको केन्द्र बिन्दु रहेको निपिज जिल्लामा २०० घर ध्वस्त भएका छन भने ६०० घर तथा टहरमा क्षति पुगेको छ । भूकम्पमा घाईते ५० जनाको उद्दार गरिएको छ ।

अगस्टमा ७ दशमलब २ म्याग्निच्युडको भूकम्प जाँदा दुई हजार २०० जनाको मृत्यु भएको थियो भने हजारौं घर भत्किएका थिए । त्यस्तै सन् २०१० मा गएको अर्को शक्तिशाली भूकम्पमा दुई लाख भन्दाबढीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्