केशरमहलबाट दुईवटा तरबार चोरी, चार जना कर्मचारी पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडाैं लैनचौरस्थित राणाकालीन भवन केशरमहलबाट दुईवटा तरबार र बाघको टाउको चोरी भएको छ । चोरीमा संलग्नको आरोपमा प्रहरीले त्यहाँ कार्यरत चारजना कर्मचारी पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धानको टोलीले दरबारमार्गबाट चोरीमा संलग्न चारजनालाई आज पक्राउ गरेको हो । एक फरार रहेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरू निर्माण कार्यमा संलग्न कर्मचारी छन् ।

प्रतिक्रिया दिनुहोस्