उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित



न्युज अफ नेपाल, काठमाडौँ  । 

सरकार सञ्चालनलगायतलाई प्रभावकारी बनाउन गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । साँझ चार बजेका लागि बोलाइएको बैठक स्थगित भएको स्रोतले जानकारी दिएकाे छ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई पुनः कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि शीर्ष नेताहरुको बैठक स्थगित भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएकाे हाे  । बैठक भोली शुक्रबार बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्