प्रदेश २ को स्थायी राजधानी जनकपुरका लागि मतदान सुरू



न्युज अफ नेपाल काठमाडौं ।

देश २ को स्थायी राजधानी तोक्न मतदान प्रक्रिया सुरु भएको छ। सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष संसदीय समितिले राजधानीका लागि गरेको पहिलो प्रस्तावमा गोप्य मतदान सुरु भएको हो।

राजधानी सम्बन्धी दल तथा सांसदले प्रदेशसभा सचिवालयमा दर्ता गराएको ६ वटा प्रस्तावलाई परिमार्जन गर्दै संसदीय समितिले तीन वटा प्रस्ताव अघि सारेको छ। जसमध्ये सबै दलको साझा प्रस्ताव जनकपुर राजधानीका लागि मतदान सुरू भएको हो। यस प्रस्तावमा उत्तरमा धनुषा ढल्केवरको पूर्व-पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल भारतको दशगजा सिमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाक्षेत्र भित्रको सम्पूर्ण भूभाग सिमाना कायम गरिएको छ।

राजधानी सम्बन्धी प्रस्ताव पारित हुन प्रदेशसभाको कुल १ सय ४ सदस्यको दुई तिहाई ६८ मत आवश्यक हुन्छ। राजधानी समबन्धी प्रस्तावमा माथि मतदान सम्पन्न भइसकेपछि नामका लागि मतदान प्रक्रिया अघि बढाउने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस्