साहित्यकार डा.शर्माको कृति रन्थमोल भाग दुई लोकार्पण



न्युज अफ नेपाल, काठमाडौं ।

साहित्यकार डा.महेश्वर शर्माले जागिरे जीवनका क्रममा भोगेका अनुभवहरूलाई समेटेर तयार पारेकाे कृति रन्थमोल भाग दुई सार्वजनिक गरिएको छ ।

साहित्यकार डा शर्माको कृति रन्थमोल भाग दुईको वरिष्ठ साहित्यकार डा ध्रुवचन्द्र गौतमले काठमाडौंमा लोकार्पण गरेका हुन  । गण्डकी साहित्य प्रतिष्ठानद्वारा आयोजित लोकार्पण समारोहमा वरिष्ठ साहित्यकार डा गौतमले रन्थमोल कृतिले प्रशासनिक बेथितिको सजीव चित्रण गरेको बताए ।

पूर्व मन्त्री एव नेपाली कांग्रेसका नेता नरहरी आचार्यले कृतिले समाजमा रहेको विसङ्गतिलाई सरल भाषामा प्रस्तुत गरेको र आगामी पुस्ताका लागि धेरै ज्ञानवर्धक रहेको बताए । वरिष्ठ साहित्यकार शारदा शर्माले देशको प्रशासन संयन्त्रमा रहेको भ्रष्टाचार र बेथितिलाई कृतिले यथार्थ चित्रण गरेको बताए ।

कृतिका लेखक डा महेश्वर शर्माले जागिरे जीवनका क्रममा भोगेका अनुभवहरूलाई समेटेर कृति तयार परेकाले नयाँ पुस्ताका प्रशासकहरूलाई मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरे । प्राध्यापक डा सुरेन्द्र के सी, डा रमेश शुभेच्छु, डा रश्मि ढकाल लगायतका वक्ताहरूले देशमा ठुला ठुला राजनीतिक परिवर्तन भए पनि कर्मचारीतन्त्रमा व्यावसायिकताको विकास हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्