मेगा बैंकबाट भक्तपुरमा सीसीटिभी जडान गर्न सहयोग



काठमाडौं (नेस) ।

मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरूमा सीसीटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ । मेगा बैंक नेपाल लिमिटेडकी सीईओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सीसीटिभी जडान समितिका पदाधिकारीलाई सीसीटिभी खरिदका लागि दुई लाख पचास हजार रुपियाँको चेक हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा उक्त समितिका संयोजक प्रदिप कुमार श्रेष्ठ, कोषाध्यक्ष नवीन प्रजापति, सचिव पदमलाल शिलाकार र सदस्य सचिव प्र.ना.उ. राजु पाण्डेको सहभागिता रहेको थियो ।
भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी तथा प्रभावकारी बनाउने उद्देश्यले सीसीटिभी खरिद तथा जडान गर्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको सीईओ खुञ्जेलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्