मेला, भेला र भिडभाड नियन्त्रण गर्ने प्रशासनको सक्रियता



न्युज अफ नेपाल पाल्पा ।

मेला, भेला र भिडभाड नियन्त्रण गर्ने प्रशासनले  सक्रियता देखाउन थालेको छ । नेपालभर र खागसरि पाल्पा जिल्लामा पनि कोरोना सङ्क्रमणको जोखिमलाई मध्य नजर गर्दे जिल्लामा विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयले विभिन्न निर्णय गर्दे कोभिड नियन्त्रणका लागि सक्रियता देखाएको हो ।

कोभिड सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दे पाल्पा जिल्लामा आगामी माघ १ गते सञ्चालन हुने माघे सक्रान्ति मेला  सञ्चालन नगरिने भएको छ । त्यसै गरी भिडभाड नगर्ने, सङ्क्रमणलाई मध्यनजर गर्दै सुरक्षात्मक उपाय अपनाउन जिल्ला प्रशासन कार्यालय पाल्पाले निर्देशन दिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डिसीसीएमसी०को प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बुधवार  बसेको बैठकले
भिडभाड हुने सभा सम्मेलन, राजनीतिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रम भेला बैठक, भोजभतेरमा रोक लगाउने, जिल्लामा कोभिड सुरक्षाका लागि खोप कार्यक्रमलाई प्रभावकारी बनाउने, पहिले सञ्चालन भएका क्वारेनटाइन तथा आइसोलेसन सेन्टरलाई तयारी अवस्थामा राख्ने, विदेशबाट आउनेहरूले अनिवार्य रूपमा सम्बन्धित वडामा विवरण दिनुपर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो ।

प्रजिअ पन्तका अनुसार सेवा प्रवाह गर्ने कार्यालयले पनि भिडभाड नगरी सेवा प्रवाह गर्ने, यातायात र निजी व्यवसाय सञ्चालन गर्दा सुरक्षाका मापदण्ड अपनाउने, माघ ७ गते देखि विभिन्न सार्वजनिक सेवा प्रदान गर्दा खोप कार्ड अनिवार्य गर्ने लगायतका निर्णय भएको छ ।
त्यस्तै सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गर्न र यदि नगरेमा प्रचलित कानून बमोजिम कारबाही गरिने बताइएको छ ।

तपाईँको मास्क खोइ ? अभियान सुरु

 कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि पाल्पामा पुनः तपाईँको मास्क खोइ ? अभियान सुरु भएको छ । कोरोना सङ्क्रमणबाट बच्नको लागी अनिवार्य मास्क लगाउनुपर्ने हुनाले बीचमा रोकिएको तपाईँको मास्क खोइ रु अभियान सुरु फेरी सुरु भएको छ ।

तानसेनको शितलपाटी,नारायणस्थान, टुँडिखेल,मखनटोल लगायतका ठाउँका नागरिकहरूले मास्क नलाई हिडेकाहरुलाई सचेत गराउदै निशुल्क मास्क बितरण गरिएको थियो । प्रहरी कार्यालयको सक्रियता र समन्वयमा अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर स्वातीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्