हिमालयन बैंक गल्फ सम्पन्न



काठमाडौं ।

हिमालयन बैंक लि. गल्फ प्रतियोगिता त्रिभुवन विमानस्थलस्थित रोयल नेपाल गल्फ कोर्समा सम्पन्न भएको छ । यही पुस २३ देखि २४ गतेसम्म स्टेबल फोर्ड ३/४ ह्यान्डिक्याप विधामा सञ्चालन भएको उक्त प्रतियोगितामा एआईजी. हरिबहादुर पाल पहिलो भए । उनले ४० स्कोर गरे भने ३७ स्कोर गरेका मेजर जेनेरल विजय मोक्तान दोस्रो भएका हुन् ।

यसैगरी, महिलातर्फ तारा कार्की चित्रकार ३७ स्कोरसहित पहिलो भइन् । सिनियरतर्फको उपाधि मेजर जनरल कमल सिंह प्रधानले जिते भने विभिन्न विधामा सम्पन्न भएको उक्त प्रतियोगितामा हिमालयन बैंक परिवारका तर्फबाट जयन्द्र विक्रम शाहले ३१ अंकका साथ उपाधि जितेका हुन् ।

पुरुष जुनियरतर्फ टासी शेर्पा २५ अंकका साथ विजयी भए भने महिला जुनियरको उपाधि अन्भद्या मल्लले १८ अंकका साथ जित्न सफल भइन् । यसैगरी, जुनियरतर्फ लंगेस्ट ड्राइभको उपाधि जयविर आचार्यले जित्दा जुनियर क्लोजेस्ट टु द पिन इदान्त सिंह साउडले जिते ।

बैंकले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको सहभागिता थियो । पुरस्कार वितरण समारोहमा बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत त्था सञ्चालक विजय बहादुर श्रेष्ठले बैंकले विगत देखि नै देशमा गल्फ लगायत अन्य खेलकुदको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको र भविष्यमा पनि गरिरहने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्