तेस्रो मेयर कप भलिबल शुरू



रामेछाप, (नेस) ।

मन्थली नगरपालिकाले आयोजना गरेको तेस्रो मेयर कप शुक्रबारबाट मन्थलीमा शुरू भएको छ । यही पुष २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मन्थली नगरपालिका नगर प्रमुख रमेश कुमार बस्नेतले उद्घाटन भएको हो ।

मेयर कपमा मन्थली नगरपालिका १४ वडाका १४ टिम खेलमा सहभागी रहेको नगरप्रमुख बस्नतले बताउनु भयो । मेयर कपमा प्रथम हुनेले एक लाख नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रो हुने टिमले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना हुनेले नगद ३० हजार प्राप्त गर्नेछन् ।

त्यस्तै, खेलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफस्टर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचलाई नगद ५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्