कांग्रेस सिरहा सभापति यादवलाई धम्की दिने एसपी पाण्डे निलम्बित



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल प्रहरीका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई धम्क्याएको आरोप लागेका एसपी पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरिएको हो ।

३ दिनअघि मात्रै प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर सरुवा गरेका एसपी पाण्डेलाई मंगलबारबाट निलम्बन गरिएको बताइएको छ । उनले ६ महिनाअघि सिरहा प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए ।

एसपी पाण्डेले आफ्नो सरुवामा कांग्रेस सिरहा सभापति यादवको हात रहेको भन्दै उनको घरमै गएर धम्की दिएका थिए । घरमै आएर गाली गलौचका साथै गोली हानी मारिदिने धम्की दिएको भन्दै सभापति यादवले एसपी पाण्डेलाई निलम्बन गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्