सूर्या लाइफद्वारा बोनस सेयर र नगद लाभांश पारित



काठमाडौं, (नेस) ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्ता पूँजीको १२ दशमलव ७० प्रतिशत बोनस सेयर तथा ० दशमलव ६६८४ प्रतिशत नगद लाभांश गरी १३ दशमलव ३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सोमबार विराटनगरमा सम्पन्न कम्पनीको तेह्रौं वार्षिक साधारणसभले सो प्रस्ताव पारित गरेको हो ।

सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईको अध्यक्षता सम्पन्न उक्त सभाले कम्पनीको संस्थापक र सर्वसाधारण सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथै सञ्चालक समितिमा संस्थापक सेयरधनी समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक र सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको निर्वाचनसमेत सम्पन्न गरेको छ ।

संस्थापक सेयरधनी समूह ‘क’ बाट केशवप्रसाद भट्टराई, हेमन्त नाहटा, विशाल अग्रवाल तथा विवेक झा निर्वाचित हुनु भएको छ भने सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट कृति टिवडेवाल तथा वीरेन्द्रबाबु श्रेष्ठ निर्वाचित हुनु भएको छ । उहाँहरू निर्विरोध निर्वाचित हुनु भएको हो । बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी वृद्धि भई २अर्ब ५५करोड २ लाख ८२ हजार १ सय कायम हुने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्