‘देश विकासका लागि शैक्षिक क्रान्ति जरुरी’



सिन्धुली ।

वागमती प्रदेश सरकारका सभामुख सानुकुमार श्रेष्ठले देश विकासका लागि शैक्षिक क्रान्ति जरुरी रहेको बताउनुभएको छ । मंगलबार सिन्धुलीको कमलामाई नगरपालिका–५ सिलामेमा रहेको कमला जनज्योति माविको ४३औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

श्रेष्ठले देशमा राजनीति क्रान्तिबाट धेरै परिवर्तन भए पनि अझै सामाजिक र आर्थिक क्रान्ति तत्कालको आवश्यकता रहेको बताउनुभएको थियो । सभामुख श्रेष्ठले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सबै पक्षले गम्भीरताका साथ ध्यान दिनुपर्ने बताउनुभयो । सरकारले करोडौ लगानी गरेर खुलाएको सामुदायिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको संख्या कम हँुदै गएकाले विद्यार्थीको संख्या कम भएका विद्यालयहरुलाई गाभ्न स्थानीय तह बाध्य हुनुपरेको पनि उहाँको धारणा थियो ।

वार्षिकोत्वस समारोहमा सिन्धुलीबाट वागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु राजन दाहाल, प्रदीप कटुवा, विनोद खड्का, कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि सबैले ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्