पाल्पामा जीप दुर्घटना हुँदा ५ जना घाइते



पाल्पा ।

आइतवार पाल्पाको लघुवामा भएको दुर्घटनाको पिडा भुलाउन नपाउदै सोमवार विहान जिल्लाको रम्भा गाउँपालिका हेक्लाङ्मा फेरी जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । सोमवार विहान हेक्लाङ्गबाट तानसेन आउँदै गरेको जिप सालबासमा दुर्घटना भएको हो । विहान भएको लु १ ज २६०७ नम्बरको जीप दुर्घटनामा परेर १ जना गम्भिर घाइतेसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जीप बाटोबाट करिब १ सय मिटर तल खसेको छ । घाइतेलाई उपचारको लागि तानसेन मिसन अस्पतालमा ल्याइएको छ । घटनास्थलमा स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । सडकमा रहेको खाल्टोमा परि स्ट्रिङ्ग फेल हुँदा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये पूर्वखोला ६ हेक्लाङ्गका वर्ष २८ का पूर्ण बहादुर फालको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

अन्य घाईतेमा सोहि स्थानका वर्ष १९ का चिरन्जीबि सारु, वर्ष २९ का प्रेम सिंजाली, वर्ष ३० का टेक बहादुर पल्ली र सोहि स्थानकै वर्ष ४६ की पबिसरा सारु रहेको प्रहरीले जनाएको छ । पाल्पाकै लघुवामा आइतवार मलामी बोकेको बस दुर्घटना हुदाँ ७ जनाको मृत्यु भएको थियो भने एक दर्जन भन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्