माओवादीको आग्रहमा प्रतिनिधि सभाको बैठक स्थगित



न्युज अफ नेपाल, काठमाडौं ।

आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक २२ गतेसम्मका लागि स्थगित भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको बताइएको छ ।

आज दिउँसो १ बजे बस्ने तय भएको बैठकमा थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको थियो । संसद् बैठकअघि बोलाइएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्